पोखरामा ७ लाख बढीको सुनका गरगहना चोरी गरेको आरोपमा तीन जना प्रकाउ
पाेखरा | फागुन १२, २०८०
पोखरा: पोखरा महानगरपालिका–२६विजयपुर सम्पदाटोलबाट ६ लाख बढी रकमको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो ।
सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा-२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा–२६बस्ने अर्जुन नेपालीलाई फागुन १ गते प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरी प्रहरीका अनुसार बिजयपुर सम्पदाटोलबाट चोरी भएका माईली तिलहरी १ थान, मंगलसुत्र २ थान, झुम्का २ थान, बेरुवा औठी १ थान, जाली औठी १ थान र नगद १ लाख १६हजार रुपैयाँ तीन युवकको साथबाट बराम भएको छ ।

प्रहरीले बरामद गरेको सुनका गरगहना
तीन युवकको साथबाट बरामद भएको सुनका गरगहनाका अनुमानित बिगो रकम ७ लाख ९६ हजार रहेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

